दफा ८४
निर्णय प्रक्रिया
(१) सैनिक अदालतको निर्णय बहुमतको आधारमा हुनेछ । मत बराबर भएमा अभियुक्तको पक्षमा निर्णय भएको मानिनेछ । तर देहायको विषयमा देहाय बमोजिम हुनेछ ः-
(क) जनरल सैनिक अदालतबाट जन्म कैदको सजाय ठहर हुन कम्तीमा दुई तिहाई मतको आवश्यक पर्नेछ ।
(ख) समरी जनरल सैनिक अदालतबाट जन्म कैद सजाय ठहर हुन सर्वसम्मति हुनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सजाय तथा ठहर बाहेकका प्रक्रियागत विषयमा अध्यक्षले समर्थन गरेको राय मान्य हुनेछ ।
(३) सैनिक अदालतबाट सजाय ठहर हुँदा सैनिक अदालतमा उपस्थित प्राड विवाक वा निजको प्रतिनिधिले आफ्नो छुट्टै राय व्यक्त गर्न सक्नेछ ।
(४) सैनिक अदालतमा सुनुवाई हुने मुद्दाको अनुसन्धान र सुनुवाईको क्रममा अभियुक्तका फौजदारी न्यायका अधिकारहरुको संरक्षण गरिनेछ र प्रतिरक्षाका प्रमाणहरु पेश गर्न उचित मौका दिइनेछ ।